अर्थनीति

साताको पहिलो दिन ४० अंकले घट्यो सेयर बजार

Nepal Stok exchange

१२ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से करिब ४० अंकले घटेको छ ।

आइतबार ३९.९ अंकको गिरावटपछि परिसूचक १९९८ मा आएको छ । यस दिन कारोबार रकममा पनि कमी आएको छ । दैनिक ६ अर्बको हाराहारीमा कारोबार हुने गरेकोमा यस दिन ४ अर्ब ६२ करोडको किनबेच भयो ।

सबै समूहहरु ओर्लिएका छन् । बैंकिङ २३, ब्यापार ७, होटल ९३, विकास बैंक १०, जलविद्युत ३०, फाइनान्स ५, निर्जीवन बीमा २३८, उत्पादन ४६, अन्य ४३, माइक्रोफाइनान्स ४१, जीवन बीमा ५१९ अंकले घटेका छन् ।

यस दिन नारायणी विकास बैंकको मूल्य ९.८ प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकको मूल्य ४ प्रतिशतले घटेको छ। त्यस्तै सोल्टी होटलको मूल्य ५.८५, विशाल बजार कम्पनीको मूल्य ५.५ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो । सो कम्पनीको ६५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । नविल बैंकको ३९ करोड रुपैयाँको कारोबार भयो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस