
१२ पुस, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन् । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । चीनमा देशबाहिर जाने आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाई एक महिना आराम गर्ने अवधि पूरा गरेपछि मात्रै जान दिइने व्यवस्था गरिएको छ ।
सरकारी प्रावधान पूरा गरी चिनियाँ कामदार नेपाल आएका हुन् । उनीहरुले संक्रमणलाई ध्यान दिई पीपीई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् र कार्यस्थलसम्म नपुग्दासम्म उच्च सुरक्षा सावधानी अपनाउने बताइएको छ । यसरी चीनबाट सुरक्षा सावधानीसाथ नेपाल प्रवेश गरेसँगै अन्य देशबाट पनि कोरोना खोप लगाई नेपाल आउने बाटो खुला भएको छ । कोरोना खोप लगाएका कुनै पनि विदेशी नागरिक नेपाल भित्रिने क्रम बढे आगामी दिनमा पर्यटन क्षेत्र पनि लयमा फर्किने पर्यटन व्यवसायीहरु बताउँछन् ।
चीनबाट यसपटक कोरोनाविरुद्धको खोप लगाएका ५२ कामदार नेपाल आएका हुन् । थप कामदार पनि कोरोना खोप लगाएर नेपाल आउने बताइएको छ ।