बैँक / वित्त

कामना सेवा बैंक र क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’का लागि सम्झौता

kamana Agreement

१२ पुस, काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सेवामार्फत कर्पोरेट ग्राहकहरुले सरल तथा सुरक्षित तवरबाट फण्ड ट्रान्सफर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसि भुक्तानी गर्न सक्ने छन् ।

बैंकले सो सम्झौता पश्चात यो सेवा कर्पाेरेट गा्रहका लागि छिट्टै नै सञ्चालनमा ल्याउने छ तथा यस सेवाले कोभिड– १९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोवार गर्न थप सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस