१२ पुस, काठमाडौं । एनएमबी बैंकले एकै पटक तीन नयाँ स्थानमा शाखारहित सेवा सुरु गरेको छ । वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले बैंकले यो सेवा सुरु गरेको हो ।
बैंकले प्रदेश १ मा रौतमाई गाउँपालिका ६ चिसापानी, प्रदेश २ मा क्रमशः तिरहुत गाउँपालिका ४ मा र तिलाठी कोइलाडी गाउँपालिका ८ टोपामा उक्त सेवा सुरु गरेको हो । यो समेत बैंकको शाखारहित सेवाको संख्या ३३ पुगेको छ ।
हालको परिवेश र सम्बन्धित सवैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दुरी सहित सुरक्षाका सम्भव उपायहरु अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी वर्ग र बैंकको केन्द्रिय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरु भने भर्चुअल रुपमै उपस्थित भई उक्त सेवाको शुभारम्भ गरिएको बैंकका प्रदेश २ का प्रमुख राजेश तिम्सिनाले बताए ।
बैंकले आफ्ना नवीनतम सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम जारी राखेको छ । सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखा रहित सेवाले देशभरिका सर्वसाधारण साथै वित्तीय आवश्यकतालाई पुरा गर्ने प्रयास गर्नुको साथै बैंकको उपस्थितिको आधारलाई मजबुत बनाउने विश्वास बैंकको छ ।