बैँक / वित्त

ग्लोबल आइएमई बैंकले शुरू गर्यो दाङ्ग र नवलपरासीमा २ नयाँ शाखारहित बैंकिङ्ग सेवा

global ime bank branch

१२ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४३ पुगेको छ । शाखा रहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, विभिन्न महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस