अर्थनीति

राष्ट्र बैंकले सोमबार दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिक्री गर्ने

nrb bank

१२ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकका अनुसार रु १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो ।

सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ । बैंकले यसअघि पुस ६ गते पनि टे«जरी बिल बिक्री गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *