समाचार

वाग्मती प्रदेशका तीन मन्त्री राजीनामा दिएपछि रिक्त मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाले

Dormani

१२ पुस, काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीन मन्त्रालयको कामकारबाही आजदेखि आफैँ सम्हालेका छन् ।

वाग्मती प्रदेश प्रमुख सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले यही पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त आन्तरिक मामिला तथा कानून, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कामकारबाही सम्हालेका हुन् ।

मुख्यमन्त्री पौडेलले रिक्त मन्त्रालय आफूले नै सम्हाल्ने लिखित जानकारी वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई सिफारिस गरी पठाउनु भएअनुसार प्रदेश प्रमुखले आजै उक्त सूचनाको जानकारी सार्वजनिक गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस