समाचार

फुटिसकेको नेकपालाई जोड्न चीन अन्तिम प्रयासमा

Guo Yezhou

१३ पुस, काठमाडौं । फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ । पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ ।

दुवै पक्षलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन चीनले उच्चस्तरीय टोली आइतबार नेपाल पठाएको छ । राष्ट्रपति सी चिनफिङले विशेष सन्देशसहित चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं पठाएका हुन् । उक्त टोलीले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भेट गर्ने स्रोतले जनाएको छ ।

नेकपाको आन्तरिक कलह मत्थर पार्न यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले खेलेको भूमिका निरर्थकसरह भएको थियो । चिनियाँ राजदूत होउ यान्छी केही समयदेखि नेकपाभित्रको विवाद मत्थर गर्न सक्रिय थिइन् । तैपनि, नेकपा चिरिएको थियो ।

चीन कुनै हिसाबले पनि नेकपा नफुटोस् भन्ने चाहन्छ । सोहीबमोजिम उसले अन्तिम कसरत गरिरहेको छ । उपमन्त्री येचौको टोलीमा सन हेयान, लियाङ विआन र झेङ युआ आएका छन् । राजदूत होउले उपमन्त्री येचौ र नेताहरूको भेटघाटको समन्वय गरेकी छन् । तर, यसबारे चिनियाँ दूतावासले औपचारिक जानकारी दिएको छैन । दुतावासले नेताहरूको भ्रमणबारे कुनै प्रतिक्रिया दिन मानेन । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *