
१३ पुस, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही तराइ क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात भएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, राती प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस