समाचार

संसद विघटनविरुद्ध काँग्रेसको देशव्यापी प्रदर्शन आज

congress protest

१३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्दैछ । कांग्रेसका नेताहरूले विभिन्न जिल्लामा छरिएर प्रदर्शनमा सहभागी हुने काँग्रेसले जनाएको छ ।

प्रदर्शनकै लागि रामचन्द्र पौडेल तनहुँमा रहेका छन्  । उनले तनहुँबाट प्रदर्शनमा सहभागी हुनेछन् । यस्तै अन्य निर्वाचन क्षेत्रमा पनि कांग्रेसका नेताहरू सहभागी हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । संसद विघटनपछि राजनैतिक दलका नेता कार्यकर्ता तथा नागरिक समाज समेतले यसको विरोध गर्दै आइरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस