विश्व/प्रवास

कलेजमा अध्ययनरत २१ वर्षकी आर्या बनिन् भारतकी कान्छी मेयर

arya rajendran

१३ पुस, काठमाडौं । भारतको केरल राज्यको तिरुवनन्तपुरुममा २१ वर्षीया विद्यार्थी आर्या राजेन्द्रन मेयर बन्ने भएकी छन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा विजयी भएकी आर्यालाई भाकपा (मार्क्सवादी) ले तिरुवनन्तपुरमको मेयर उम्मेदवार बनाएको थियो ।

उनी देशकी सबभन्दा कान्छी मेयर हुने भएकी छन् । तिरुवनन्तपुरमको अल सेन्ट्स कलेजमा बीएससी म्याथ्सको दोस्रो वर्षमा अध्ययनरत आर्याले २८ सय ७२ भोट ल्याएकी थिइन् । प्रतिस्पर्धी कांग्रेस उम्मेदवारभन्दा ५४९ बढी भोट उनले ल्याएकी हुन् ।

उनी स्टुडेन्ट्स फेडरेसन अफ इन्डियाकी कार्यकर्ता हुन् र वामपन्थी दलको बालबालिका शाखा बालसंगमकी राज्य अध्यक्ष पनि हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस