
१३ पुस, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला रु ७०० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० पुगेको छ ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३१५ रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस