समाचार

कैलाली प्रहरी हत्या प्रकरणः मुख्य योजनाकार पक्राउ

Kailali Police Murder

१३ पुस, कैलाली । नेपाल प्रहरीका असई र प्रहरी जवान हत्या प्रकरणका मुख्य योजनाकार  पक्राउ परेका छन् । धनगढी उप-महानगरपालिका–१० स्थित अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार सुकबहादुर भनिने अमर राना पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको हो । धनगढी उपमहानगरपालिका १० जुगेडा बस्ने ३४ वर्षीय रानालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले धनगढी उपमहानगरपालिका १९ फूलबारी एरियाको नेपाल भारत सीमा नजिकबाट आइतबार राती पक्राउ गर्न सफल भएको प्रहरीको दाबी छ ।

असई विक र जावन साउँदको कात्तिक १ गते गस्तीमा गएको बेला तस्कर समूहले हत्या गरेको थियो । असई विकको शव घटना भएको भोलिपल्ट बिहान मोहना नदीमा फेला परेको र  त्यसको दुई दिनपछि प्रहरी जवान साउँदको शव पनि मोहना नदीमै फेला परेको थियो । हत्यामा संलग्‍न ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । राना भने फरार थिए ।

राना लामो समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैध रुपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । राना स्थानीय व्यापारीसँग मिलेर त्यो सामान भारत पठाउने गरेको र चकमलीमा उनको गोदामसमेत रहेको अनुसन्धानबाट खुलेको थियो ।

पछिल्लो समय उनी मटर (केराउ) को तस्करीमा संलग्न थिए । त्यही मटर लैजाने क्रममा अवरोध भएपछि रानाकै नेतृत्वमा रहेको टोलीले प्रहरीको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *