समाचार

बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड

pathao

१३ पुस, काठमाडौं । राजधानीको बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड भएको छ । केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ ।

कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाइँदै गर्दा सोमबार एक समूहले तोडफोड गरेको हो । कम्पनीले कुनै सेवा सुविधा नदिएको, राइडरको कमिसनमा ठगी गरेको साथै आफूखुसी निर्णयहरु गर्ने गरेको लगायतका आरोप राइडरहरुले लगाउँदै आएका छन् ।

यसैबीच सोमवार(आज) नै कार्यालयमा पुगी ११ बुँदे मागपत्र समेत पेश गरेका छन् । तोडफोडमा संलग्न केही युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डीएसपी दक्ष बस्नेतले जानकारी दिए ।

कम्पनीले आफूखुसी निर्णय गरेको, सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन समेत धेरै लिएर कामदार मार्ने काम गरेकोलगायतको आरोप लगाउँदै राइडरहरु आन्दोलित हुँदै आएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस