समाचार

अदालतको निर्णय कांग्रेसलाई मान्य हुन्छ : देउवा

deuba sher bahadur

१३ पुस, काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कदमविरुद्ध अदालतमा मुद्दा रहेको भन्दै त्यसबारे आउने जस्तोसुकै निर्णय पनि काँग्रेसले मान्ने बताएका छन् ।

संसद् विघटनविरुद्ध भक्तपुरमा आयोजित विरोधसभालाई सोमबार सम्बोधन गर्दै देउवाले कांग्रेसले सधैं अदालतको निर्णयलाई मान्दै आएको बताए । ‘प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने कदमलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक भनेका छौं । अहिले यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्छ । अदालतलाई कांग्रेसले धम्क्याउने–तर्साउने काम गर्दैन ।’

उनले अदालतसँग स्वविवेकीय निर्णय गर्ने अधिकार रहेको भन्दै अदालतको निर्णय कांग्रेसले पर्खने बताए । ‘विचाराधीन मुद्दाका विषयमा हामीले केही बोल्न हुँदैन । फैसला जेसुकै होस्, सरकराले बदमासी गर्ला तर न्यायालयप्रति हाम्रो भरोसा छ । ओलीको असंवैधानिक र अप्रजातिन्त्रक कदमको विरोध कांग्रेसले सधैं गरिरहन्छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस