समाचार

काठमाडौं उपत्यकामा थपिए २८७ जना कोरोना संक्रमित

Corona Kathmandu

१३ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा थप २८७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २०७, भक्तपुरमा २२ र ललितपुरमा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, सोमबार नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ भने मृत्यु हुनेको संख्या १८३२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस