समाचार

मिलको फित्तामा बेरिएर १७ वर्षीया किशोरीको मृत्यु

bead body tag

१३ पुस, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिकामा आज मिलको फित्तामा बेरिएर एक किशोरीको मृत्यु भएको छ ।

आफैंले मिल चलाउँदै गर्दा मिलको फित्तामा कपाल बेरिएर सोही गाउँपालिका–६ की १७ वर्षीया नेमियाकुमारी पण्डितको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

फित्तामा कपाल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । शव परीक्षणको लागि राजविराजस्थित गजेन्द्रसिंह अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस