खेलकुद समाचार

कोभिड १९ कहर : म्यानचेष्टर सिटी र एभरटन बीचको खेल स्थगित

myanchestar city

१४ पुस, काठमाडौं । प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर सिटी र एभरटन बीचको खेल स्थगित भएको छ । बेलायती समय अनुसार राति ८ बजे एभरटनको मैदानमा हुने भनिएको खेल प्रिमियर लिगको बोर्ड मिटिङपछि स्थगित भएको हो ।

सिटीका खेलाडीमा कोभिड १९ संक्रमण देखिन थालेपछि त्यसको असर यस खेलमा परेको हो । सिटीले सोमबार बिहान आफ्ना खेलाडीलाई कोरोना पोजेटिभ देखिएपछि खेल सार्नका लागि प्रस्ताव गरेपछि यस निर्णय भएको प्रिमियर लिगले जनाएको छ । डिसेम्बर २५ मा सिटीका गाब्रिएल जेसस र केल वाल्करलाई कोरोना संक्रमण दिएको थियो ।

यसले अनिश्चितता कायम गर्‍यो र प्रिमियर लिग बोर्डले पनि खेल स्थगित गर्नका लागि स्वास्थ्य सल्लाह प्राप्त गरेको जनाएको छ । खेलाडी र स्टाफको स्वास्थ्यलाई ध्यानमा राख्दै खेल स्थगित गर्ने निर्णय लिएको प्रिमियर लिगले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *