१४ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेको उच्च तहको चिनियाँ टोलीले आज विहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । देउवा निवास बुढानिलकण्ठ पुगेको टोलीले द्विपक्षीय सम्बन्धबारे कुराकानी गरेको छ ।
चिनियाँ टोलीले नेपाली काँग्रेस चीनको पुरानो मित्र रहेको बताउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश पनि सुनाएको थियो । चीनले नेपालमा राजनीतिक स्थिरता चाहेको बताएको थियो ।
यसअघि चिनियाँ टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटको चिनियाँ टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओेली, नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसँग भेटेको थियो ।
यस्तै सोही दिन सभामुख अग्नि सापकोटाका साथै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग पनि चिनियाँ टोलीले भेट गरेको थियो । पुस ५ गते प्रधानमन्त्री ओेलीले संसद विघटनको कदम चालेपछि उत्पन्न परिस्थितिकाबीच चिनियाँ टोलीले नेपालाा राजनीति भेटघाटमा जोड दिएको देखिन्छ ।