अर्थनीति

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

onions

१४ पुस, काठमाडौं । भारतले नेपालसहतिका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिवन्ध हटाएको छ । अंग्रेजी नयाँ वर्ष (जनवरी १, २०२१) बाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबारदेखि यसअघिको नीतिमा संशोधन गर्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो । मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयद्वारा जारी परिपत्रमा १ जनवरी २०२० (शुक्रबार) देखि लागू सबै जातका प्याजको निर्यात खुला गरिएको जनाएको छ ।

आफ्नो मुलुकमा प्याज अभाव हुने भन्दै गत भदौ २९ गतेदेखि भारतले प्याज निर्यातमा रोक लगाएको थियो ।  भारतले प्रतिबन्ध लगाएको भोलि पल्टै नेपालमा प्याजको भाउ दोब्बरभन्दा बढीले वृद्धि भएको थियो ।

pyaj

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *