विश्व/प्रवास

कोरोना भाइरसको नयाँ प्रकार भारतमा पनि भेटियो

india airport

१४ पुस, काठमाडौं । बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको प्रकार भारतमा पनि देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा ६ जना संक्रमितमा नयाँ कोरोना भाइरसको असर देखिएको पुष्टि गरेको छ ।

उनीहरु सबै बेलायतबाट हालै भारत फर्किएका व्यक्तिहरु भएको बताइएको छ । अहिले उनीहरु सबैलाई भिन्दाभिन्दै आइसोलेसनमा राखिएको जनाइएको छ । गत नोभेम्बर २५ देखि डिसेम्बर २४ सम्ममा बेलायतबाट ३३ हजार यात्रुहरु भारत फर्किएका छन् । त्यसकारण कोरोना भाइरसको नयाँ प्रकार भारतका विभिन्न स्थानमा फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

सो अवधिमा भारतमा फर्किनेमध्ये ११४ मा हालसम्म कोरोना देखिएको छ । बेलायतमा नयाँ प्रकारको भाइरस देखिएपछि भारतसहित विभिन्न देशले बेलायतमा भ्रमण प्रतिबन्धको घोषणा गरेका छन् । यस भाइरस पहिलेभन्दा ७० प्रतिशत बढी संक्रामक भएको बताइएको छ । जापानले त नयाँ भाइरसको खतरा मध्यनजर गर्दै सबै देशबाट तत्कालका लागि भ्रमण प्रतिबन्ध लगाएको छ ।

हङकङ, नेपाल तथा युरोपेली मूलुकहरुले पनि बेलायतबाट आउने विमानमा प्रतिबन्ध लगाएका छन् । हाल युरोपका विभिन्न देशमा पनि कोरोनाको नयाँ प्रकार देखिएको छ । विज्ञहरु माझ यो भाइरसको विषयलाई विविध मत छ । केहीले यो खतरनाक भनिरहेका छन्, केहीले यो खतरनाक छैन भनिरहेका छन् । यद्यपी कोरोनाविरद्धको नियमलाई कडा रुपमा पालना गरिनुपर्नेमा विज्ञहरुको एकमत छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस