समाचार

ओली तानाशाह बने छिट्टै ढल्नेछन् : अष्टलक्ष्मी शाक्य

asta laxmi

१४ पुस, काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका नेता वागमती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बनेको भन्दै उनको शासन छिट्टै ढल्ने बताएकी छन् ।

काठमाडौंमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । “गणतन्त्रको प्रधानमन्त्री हामीले केपी ओलीलाई सुम्पेका थियौँ,” उनले भनिन्, “अब समस्या समाधान होला, लोकतन्त्र सुदृढ होला भन्ने लागेको थियो । समाजवादको लक्ष्यका लागि अघि बढ्छौं भनेर लागेको थियो तर फेरि एकपल्ट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोलियो ।”

“हामीले आदर गरेको ओली कमरेड बन्नुभएन, निरंकुश शासक बन्नुभयो । स्वेच्छाचारी, सामन्ती शासक बन्नुभयो । सर्वसत्तावादी शासक बन्नुभयो,” उनले भनिन्, “कमरेड केपी ओली होइन, प्रतिगमनकारी ओलीका विरुद्ध सडकमा आएका हौँ । यसमा खुट्टा कमाउनुपर्ने छैन । एकजुट भएर संकल्पका साथ अघि बढ्छौं । जनताको अगाडि सत्यको अगाडि कस्ता कस्ता तानाशाह ढले भने केपी ओली ढल्नेछन् । यो शासन सत्ता टिक्नेवाला छैन ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस