समाचार

केपी ओली सामन्ती र निरंकुश शासक बने : अष्टलक्ष्मी शाक्य

asta laxmi

१४ पुस, काठमाडौं । नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओली सामन्ती र निरंकुश शासक बनेको आरोप लगाएकी छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले राजधानीमा गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले ओलीको निरंकुश शासन लामो समय नटिक्ने बताएकी छन् । उनले ठूलाठूला शासक जनताको आन्दोलनबाट सत्ताबाट बाहिरिएको भन्दै ओलीको निरंकुश शासन नटिक्ने बताइन् ।

‘आज फेरि एक पटक गणतन्त्रमाथि कमरेड केपी ओलीले नै धावा बोलेका छन् । संविधानमाथि धावा बोलेका छन् । संघीय गणतन्त्रमाथि धावा बोलेका छन्’, नेतृ शाक्यले भनिन्, ‘जनताको शक्तिको सामू राजतन्त्रको व्यवस्थाले सकेन भने केपी ओलीले पनि सक्दैनन् ।  जबसम्म संसद सुचारु हुँदैन तबसम्म संघीय गणतन्त्र सुदृढ हुन सक्दैन । केपी ओली कमरेड बन्नु भएन निरंकुश शासक बन्नुभयो ।’

उनले ओली स्वेच्छाचारी शासक बनेको र त्यो लामो समय नटिक्ने प्रष्ट पारिन् । शाक्यले ओलीले जनतामाथि धावा बोलेपछि आन्दोलन गर्नु परेको प्रष्ट पारेकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस