समाचार

प्रधानमन्त्री ओलीले आफैले बनाएको संविधानको बलात्कार गरे : प्रचण्ड

prachanda

१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीले आफ्नो गल्ती नस्वीकारेसम्म नेपाली जनताले माफी नदिने बताएका छन् ।

मंगलबार (आज) काठमाडौंमा आयोजित सरकार विरोधी प्रर्दशनको भृकुटीमण्डपको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । ‘केपी ओलीले आफैँले बनाएको संविधानमाथि बलात्कार गरे । अब यसको स्वीकारोक्ति नगरेसम्म उनलाई नेपाली जनताले माफी दिने छैनन्, उनले मैले संविधानमाथि बलात्कार गरेँ भनेर भन्नुपर्छ, नत्र आम नेपाली जनताले ओलीलाई माफी दिने छैनन्’, अध्यक्ष दाहालले सम्बोधनका क्रममा भनेका छन् ।

यस्तै, अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध ओलीले नियोजित कदम चालेको पनि बताएका छन्, ‘उहाँले संघीय लोकतान्त्रिक मान्नुभयो भनियो । त्यही गल्ती भयो । उहाँले गणतन्त्रलाई सिद्ध्याउने कदम चाल्नुभयो । उहाँ अझै समावेशी विरोधी नै हुनुहुन्छ । प्रतिगमणकारी नै हुनुहुन्छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस