समाचार

तीन महिनाभित्र संसद पुनःर्स्थापना गरेरै छाड्छौ: घनश्याम भूसाल

ghanshyam bhushal

१४ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद तीन महिना भित्रमा पुनःस्थापना गरेरै छाड्ने दाबी गरेका छन् । पश्चिम नवलपरासीको परासीमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वकै मन्त्रिमण्डलमा कृषिमन्त्रालयको जिम्मेवारी सम्हालेका भुसालले प्रधानमन्त्री ओलीले प्रतिगमनकारी कदम चालेको भन्दै संसद पुनःस्थापना गरेरै छोड्ने बताएका हुन् । उनले भने, ‘राजाले गरेको संसद त पुनर्स्थापना भयो, रैतीले गरेको संसद विघटन पुनर्स्थापना नहुने कुरै हुँदैन ।’

त्यस्तै, भुसालले सरकारलाई काम गर्न नदिइएको भनेर मिथ्या प्रचार गरिएको बताएका छन् । आफू मन्त्री हुँदा मन्त्रिपरिषद्मा एमसीसी बाहेकका कुनै पनि विषयमा छलफल र बहस नभएको भुसालको आरोप छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस