
१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले जनतालाई सुख कम दुःख बढी दिएको बताएका छन् ।
उनले भने, “ओलीजी तपाईं प्रधानमन्त्री भएर जनतालाई सुख कम दुःख बढी दिनुभयो । मान कम अपमान बढी दिनुभयो ।”
नेता नेपालले जनता दास बन्न र प्रतिगमनको पक्षमा नरहेको बताए । भृकुटीमण्डपमा भएको सभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस