विश्व/प्रवास

नयाँ वर्षलाई ‘उपचारात्मक वर्ष’ बनाउन राष्ट्रसंघको आह्वान

Antonio Guterres

१४ पुस, काठमाडौं । कोरोना भाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गरेका हुन् ।

नयाँ वर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नुपर्नेमा जोड दिएका छन् । ‘आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अवरोध तथा समस्याहरुको सामना पनि गरौँ’ उनले भिडियोमा भनेका छन् ।

सन् २०२० भरी कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभरी १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *