समाचार

बुधबार देशका केही स्थानको मौसममा आंशिकदेखि सामान्य बदली

clear weather

१५ पुस, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्‍चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले सुदुरपश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु रकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक दखि सामान्य बदली साथै गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, राती गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस