
१५ पुस, काठमाडौं । स्पेनिस ला लिगामा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।
मंगलबार भएको खेलमा बार्सिलोना इबरसँग १-१ गोलको बराबरीमा रोकिएको हो । दोस्रो हाफमा इबरका लागि खेलको ५७औ मिनेटमा किकेले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।
बार्सिलोनाका लागि उसमान डेम्बेलेले खेलको ६७ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । बार्सिलोनाले १५ खेलमा २५ अंक बनाएको छ र लिग तालिकाको छैठौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस