
१५ पुस, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैंयाले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९४ हजार २०० रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य तोलामा ९३ हजार ६०० पुगेको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३ सय ५ रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस