
१५ पुस, काठमाडौं । चार दिने नेपाल भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु बुधबार बिहान स्वदेश फर्केका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली हिमालय एयरलाइन्सबाट आज बिहान ९ः४० बजे स्वदेश फर्किएको हो ।
सो टोलीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका नेता डा. बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस