समाचार

पूर्व-पश्चिम राजमार्गमा एकैपटक तीन सवारी आपसमा ठोक्किदा दुईको मृत्यु, दुई गम्भीर

accident

१५ पुस, धनुषा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानी मालटोलमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका ९ धारापानी मालटोलमा भारतीय ट्रक र ईन्धन बोक्ने ट्याङ्कर एक आपसमा जुध्दा घटना स्थलमै दुई जनाको मृत्यु भएको छ भने दुई जाना सख्त घाइते भएका छन् ।

घुमाउँरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङ्कर भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

दुर्घटनामा परी को १ ख २३३८ ट्याङ्करका चालक मोरङ विराटनगर महानगरापलिका–४ बस्ने वर्ष ३६ का अर्जुनकुमार मण्डल र भारतीय ट्रक चालक २० वर्षीय रंगीलाकुमारको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका अर्जुनकुमार मण्डललाई प्रादेशिक अस्पाल जनकपुर लैजादैँ गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा ट्याङ्करका सह–चालक विराटनगर–४ बस्ने धनराज यादव गम्भीर घाईते भएका छन् । उनलाई थप उपचारको लािग विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

भारतीय ट्रकका अर्का चालक र सहचालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको उपचार हाल प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । तीव्र गतिमा गाडी चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *