समाचार

‘बर्जर कलर स्प्ल्यास’ बम्पर पुरस्कार विजेताले पाए नगद ५ लाख

berger paint

१५ पुस, काठमाडौं । विगत २ दशकदेखि सजावटी पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सले बर्जर कलर स्प्ल्यास २०७६ का विजेता जयनाथ सापकोटालाई बम्पर पुरस्कारको रकम रु. ५ लाख नगद प्रदान गरेको छ ।

बर्जर हाउसमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा कम्पनीले प्रवद्र्धनात्मक अफरअन्तर्गत प्रथम पुरस्कार विजेता रमेश श्रेष्ठलाई पहिलो पुरस्कार बापत लण्डन ट्रिप प्याकेजको टिकट र आधिकारिक पत्र पनि प्रदान गरेको छ ।

यो योजना २०७६ सालको दशैं तिहारको अवसरमा (भदौ देखि पुष २०७६) संचालन गरिएको थियो । जुन योजना अन्तर्गत ग्राहकहरुले सिमित बर्जर पेन्ट्का उत्पादनहरुको किन्दा १०० वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस पक्का उपहार पाएका थिए । साथै भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगिता मार्फत् अन्य आकर्षक उपहारहरु जित्ने अवसर पाए ।

योजनामा सहभागी ६ हजार भन्दा बढी ग्राहकहरुमध्येबाट १७८ जना विजेताहरुको घोषणा प्रत्यक्ष लक्की ड्रबाट गरिएको थियो ।

यसैगरी लक्की ड्र मार्फत् २५ जना विजेताहरुले दोस्रो पुरस्कार वापत् ३२ इन्चको सामसुङ टिभी, ५० जना विजेताहरुले तेस्रो पुरस्कार स्वरुप आन्तरिक ट्रिप र १०० जना विजेताहरुले सान्त्वना पुरस्कारमा सामसुङ एम २० पुरस्कार पाए ।

योजनाका विजेताहरुलाई बर्जर पेन्ट्स नेपालका कन्ट्रि म्यानेजर सैवाल घोष, चिफ अपरेटिङ्ग अफिसर सत्य प्रकाश तथा टर्किस एयरलाइन्स इन्क, नेपालका जनरल म्यानेजर अब्दुल्ला टुन्सेर केसेसिका साथै अन्य अधिकारीहरुको समुपस्थितिमा पुरस्कारहरु वितरण गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस