विश्व/प्रवास

नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु

naijaria karbahi

१५ पुस, काठमाडौं । नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ । उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको छेन । प्रहरीले उनीहरुको कारबाहीका क्रममा ज्यान गएको बताएको छ ।

यहाँका अधिकारीहरुले अबुजा शहरमा केही समय अघिदेखि नै सशस्त्र समूहले स्थानीय नागरिकलाई दुःख दिएको बताएका थिए । त्यसैले सो शहरमा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन भएका बताइएको थियो । प्रहरी कारबाहीमा परेर सोमबार राति उनीहरु मारिएको जानकारी यहाँका अधिकारीहरुले मंगलबार जानकारी गराएका थिए ।

उक्त शहरमा रातिको समयमा बन्दुकधारीहरु लुट्नका लागि पनि आउने गरेका थिए । उनीहरुलाई नै लक्ष्य गरेर प्रहरीले सो सुरक्षा कारबाही चलाएको थियो । अबुजा शहर यहाँको कादुना राज्यमा पर्दछ । सो कादुना राज्यका प्रहरी प्रमुख स्यामुअल अरुवानले सो क्षेत्रमा प्रहरीले गरेको कारबाहीका क्रममा मारिएकाहरुको पहिचानको खोजी भएको जानकारी दिए ।

ती लुटेराहरुको निकै नै आतंक रहेको भनिएका क्षेत्रहरुमा एम्बुस थापेर प्रहरी बसेको थियो । सो एम्बुसलाई पनि छलेर भाग्न खोजेपछि प्रहरीले उनीहरुमाथि गोली चलाएको प्रहरी कमिसनार स्यामुअलले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा नाइजेरियमा सशस्त्र विद्रोह गरिरहेका आतंंककारी समूहका व्यक्तिहरुको पनि बस्ती रहेकोले उनीहरुको खोजीका लागि पनि ठूलो संख्यमा प्रहरी परिचालन गर्ने गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस