
१५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।
सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।
प्रतिक्रिया दिनुहोस