खेलकुद समाचार

एन्फाद्वारा आर्मी फुटबल क्लबलाई लाइसेन्स हस्तान्तरण

anfa army

१५ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित समारोहमा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई एफएफसी लाइसेन्स हस्तान्तरण गरेका हुन् ।

नेपालमा सन् २०१९ देखि एन्फाले सबै ए डिभिजन फुटबल क्लवहरुलाई एएफसी लाइसेन्स प्रकृया पूरा गर्न निर्देशन दिएको थियो । नेपालको तर्फबाट गत हप्ता त्रिभुवन आर्मी क्लबले मात्रै एएफसी लाइसेन्स प्राप्त गरेको हो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले त्रिभुवन आर्मी क्लवले एएफसी लाइसेन्स प्राप्त गर्नु नेपालकै लागि गौरवको विषय भएको बताए । नेपाली फुटबलको विकासका लागि लाइसेन्स महत्वपूर्ण रहेको उनको धारणा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस