
१५ पुस, काठमाडौं । प्रहरीले भ्याली कोल्ड स्टोरका सञ्चालकको अपहरणमा संलग्न एकजना फरार आरोपीलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई भारतीय प्रहरीको सहयोगमा दार्जिलिङबाट पक्रेर काठमाडौं ल्याएको हो । तर, ब्युरोले उनलाई ईलामबाट पक्राउ गरेको दाबी गरेको छ ।
सर्लाही घर भएका दुर्गाबहादुर बुढाथोकीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले जानकारी दिए । २०६५ मा बुढाथोकी सहितको समूहले भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावललाई अपहरण गरेर १ करोड ५० लाख फिरौती पाएपछि अपहरण मुक्त गरेका थिए । अपहरणमा संलग्न अरु पाँचजना जेलमा छन् ।
सोले कुमार २०६४ मा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासत तोडेर भागेका थिए । अपहरण मुद्धामा उनलाई थप अनुसन्धान गरेर पुरक प्रतिवेदन पेश गरिने डिआइजी थापाले बताए ।