
१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै बृहत नागरिक आन्दोलनले नाैमती बाजा बजाएर विरोध प्रदर्शन गरेको छ ।
संसद पुनर्स्थापनाको माग राखेर बुधबार माइतीघर मण्डलामा महिला नौमती बाजा समूहले नाैमती बाजा घन्काएका हुन । कार्यक्रममा नागरिक समाज, बुद्धिजिवी, विभिन्न पेशा व्यावसायी तथा आमनागरिकको सहभागिता थियो ।
नागरिक आन्दोलनले संसद पुनर्स्थापनाको भएर जनताको सार्वभौम अधिकार जनतामै नआएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाउँदै आएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पुस ५ गते संसद विघटनको सिफारिस गरेलगत्तै राष्ट्रपति भण्डारीले त्यसको सदर गरी २०७८ साल वैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरिसकेकी छिन् ।
प्रतिक्रिया दिनुहोस