
१५ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २२५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, बुधबार नेपालमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ भने मृत्यु हुनेको संख्या १८४७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस