अर्थनीति

नेप्से परिसूचक ४९.१७ अंकले बढ्यो

share market

१५ पुस, काठमाडौं । बुधबार नेप्से परिसूचक ४९.१७ अंकले बढेको छ । २.४४ प्रतिशतले बढेको बजारमा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५ सय ७९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । आजको कारोबारमा २ सय ८ कम्पनी आएका थिए ।

आज उत्पादन तथा प्रशोधन तर्फको सबैभन्दा बढोत्तरी देखिएको छ । यस समूहमा ३४८.२१ अंकले बढोत्तरी भएको हो । यता ट्रेडिङ समूहतर्फ १८२.२३ अंकको बृद्धि छ । होटल र विकास बैंक बाहेक सबै समुह हरियाली देखिएको छ ।

सबैभन्दा बढी कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसन र नागरिक लगानी कोष देखिएको छ । यस्तै सबैभन्दा बढी कारोबार हुनेमा शिवम् सिमेन्ट र एनआइसी एसिया देखिएको छ । शिवम्को ३४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन, नागरिक लगानी कोष र हिमालयन डिस्टिलरीको सेयर भाउ सर्किट लागेर बढेको छ । साल्ट ट्रेडिङको मूल्य १० प्रतिशतले बढेको हो । यस्तै, नागरिक लगानी कोष र हिमालयन डिस्टिलरीको पनि मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस