समाचार

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला

death rhino

१५ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो गैंडा उमेर पुगी कालगतिले मरेको अनुमान गरिएको छ । गैंडाको खाग र खुर सुरक्षित रहेको छ ।

मृत गैंडाको नियमानुसार परीक्षणका लागि आवश्यक नमूना परीक्षणका लागि भेटेरेनरी शाखामा पठाइएको उनले जानकारी दिए ।

उक्त गैंडा निकुञ्जको निगरानीमा रहेको जनाइएको छ । यस आर्थिक वर्षमा मात्रै चोरी शिकारका कारण चार र प्राकृतिक कारणले १५ गरी १९ गैंडा मरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *