१५ पुस, जनकपुरधाम । महोत्तरीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
जिल्लाको मटिहानी नगरपालिका-७ मा ना १ ज ३६०० नम्बरको पिकअप भ्यानको ठक्करबाट स्थानीय मनोज ठाकुरका ६ वर्षका छोरा राज ठाकुरको मृत्यु भएको छ । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने भ्यानलाई नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बर्दिबास नगरपालिका वडा नं. १० लक्ष्मीनियाँ चोक स्थित पुर्व पश्चिम लोकमार्गमा बर्दिबासबाट सर्लाही तर्फ जाँदै गरेको ना १ ह ३०७९ नम्बरको अटो आफै अनियन्त्रि भई दुर्घटना हुँदा चालक सहित पाँचजना घाइते भएका छन् ।
घाइते हुनेमा अटो चालक ५२ वर्षीय गोबिन्द रसाईली र अटोमा सवार रहेका लमजुङ बेसिसहर नगरपालिका वडा नं. २ का ३० वर्षीय पुष्कर अधिकारी, २८ वर्षीय सुमन अधिकारी, २१ वर्षीय सिमा अधिकारी, २८ वर्षीय मन्दिरा केसी रहेको र सबैको उपचार बर्दिबास स्थित शुभ स्वास्तिक अस्पतालमा भइरहेको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।