विश्व/प्रवास

नर्वेमा पहिरो: २० जना बेपत्ता, सयौँ विस्थापित

norway landslide

१६ पुस, काठमाडौं । नर्वेमा पहिरो जाँदा २० जना भन्दा बढी बेपत्ता भएका छन् । घटनामा परी अरु १० जना घाइते भएका छन् भने ५ सय भन्दा बढी विस्थापित भएका अधिकारीहरुले जनाएका छन् ।

ओस्लो नजिकैको एउटा गाउँमा पहिरो गएको स्थानीय प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘घटनास्थलका सयौँ घर पहिरोमा पुरिएको पनि अधिकारीहरूले जनाएका छन् । धेरै घरहरू पहिरोले नष्ट गरेको छ, केही पुरिएका छन् भने केही बगाएको छ ।’

घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धारमा खटिएका छन् ।

झण्डै दुई लाख १० हजार बर्गमिटर क्षेत्रफलको भूमिमा पहिरो गएको हो । पहिरोले झण्डै पाँच सय विस्तापित भएका छन् ।

पहिरोबाट पीडितहरूले प्रहरीलाई फोन गरेर पहिरोले घर बगाएको जानकारी दिएका थिए । पहिरो आउनु, घर बगाउनु नाटक वा सपना जस्तै भएको पीडितहरूको भनाइ  छ ।

नर्वेका प्रधानमन्त्री इर्ना सेल्बेर्गले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले पीडितहरूलाई राहत तथा सहयोगको व्यवस्था हुने बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस