समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

clear weather

१६ पुस, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्‍चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।

तापक्रम चिसो रहिरहने तथा तराई / पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, राती प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस