
१६ पुस, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २१ हजार ८२१ नयाँ संक्रमित थपिएका छन् ।
भारतमा अब कूल संक्रमितको संख्या १ करोड २ लाखभन्दा बढी पुगिसकेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ५९ हजार ७६२ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै भारतमा अहिलेसम्म संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ७३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ९५७ पुगेको हो ।
प्रतिक्रिया दिनुहोस