१६ पुस, काठमाडौं । भोलिदेखि सुरु हुने रास्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।
राष्ट्रियसभा बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, सरकारले यसबीचमा जारी गरेका अध्यादेशहरू बैठकका अजेन्डाका रूपमा तय भएका छन् ।
यसैगरी, राष्ट्रियसभाका अध्यक्षबाट जारी गरिएका समिति गठनसम्बन्धी आदेशसहित थारू आयोग, मधेसी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वसम्बन्धी प्रतिवेदन तथा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।