
१६ पुस, काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग भेट गरेका छन् ।
नवनियुक्त स्वास्थ्यमन्त्री त्रिपाठीलाई भेट्न राजदूत क्वात्रा बिहीबार मन्त्रालय पुगेका हुन् । त्यस अवसरमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाई तथा शुभकामना दिएका छन् ।
भेटमा दुवैले नेपाल भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको मन्त्रि त्रिपाठीको नीजि सचिवालयले जनाएको छ । साथै वर्तमान कोभिड–१९ विरुद्ध नेपाल र भारत मिलेर अगाडी बढ्ने गरि मुख्यतः कोभिड १९ को खोपका सम्बन्धमा सम्वाद भएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस