
१६ पुस, काठमाडौं । पर्सामा सोयाबिनको तेलमा ‘तिलको तेल’ लेखिएको लेबल टाँसेर बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका-२ आदर्शनगरका ३८ वर्षीय दीपकुमार वर्णवाललाई प्रहरीले पक्राउ गरेको हो ।
दीपकले भाइ सन्दीपकुमार वर्णवालको नाममा रहेको शिवशक्ति रिप्याकिङ फर्ममा सोयाबिन तेल ल्याएर प्लाष्टिकको बोतलमा रिप्याकिङ गर्थे । रिप्याकिङ गर्दा उनले सोयाबिनको तेललाई ‘तिलको तेल’लेखिएको लेबल टाँसेर महँगोमा बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत कसुरमा अनुसन्धान गरिरहेको छ । उनको गोदामबाट प्रहरीले स्टिकरमा छाप लगाउने मेशिन, तयारी स्टिकर र ठूलो परिमाणमा सोयाबिनको तेल बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस