विश्व/प्रवास

यमनको विमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु

yemen airport attack

१६ पुस, काठमाडौं । दक्षिणी यमनस्थित एडेनको विमानस्थलमा भएका तीन विस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन विमानस्थलमा भएका तीन विस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरु ५० जना घाइते भएको उल्लेख छ ।

सरकारी अधिकारीहरुलाई विमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी उक्त विस्फोट गराइएको मन्त्रालयको भनाइ छ । मनका राष्ट्रपति अब्दु मन्सुर हादीले विस्फोटका लागि हुथी विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाएका छन् । राष्ट्रपति हादीले विमानस्थलमा भएको विस्फोटबारे छानबिन गर्न सुरक्षा निकाय सम्मिलित एक समिति पनि गठन गरेका छन् ।

यसैबीच, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले विमानस्थलमा भएको विस्फोटमा परेर आफ्ना एक कर्मचारीको पनि मृत्यु भएको जनाएको छ । खाडी क्षेत्रको अति गरिब मुलुक यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस