
१६ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ ।
विभागले सूचना प्रकाशित गरि शुक्रबारदेखि पुनः अनलाइनबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरिने जनाएको छ । कोरोना भाइरसको महामारीका कारण श्रम स्वीकृति दिन बन्द गरेको थियो ।
श्रम स्वीकृति लिन चाहने व्यक्तिले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरि अनलाइनबाटै फामर भर्न सक्ने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस